३ मंसिर २०८१, सोमबार | November 18, 2024

ठूलो जनआन्दोलन बिना ओलीको प्रतिगमनकारी कदम सच्चिने सम्भावना छैन : डा. बाबुराम भट्टराई

काठमाडौं । संघीय समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीको संसद विघटन देशीविदेशी शक्तिहरुको सेटिङबाट भएकाले त्यसलाई परास्त गर्न जनताको ठूलो आन्दोलन आवश्यक रहेको बताएका छन् । बुटवलमा आज बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले देश भित्र र देश बाहिर सेटिङ मिलाएर मात्र ओलीले संसद विघटन गरेको दाबी गरेका हुन्…