५ मंसिर २०८१, बुधबार | November 20, 2024

मापदण्डविपरीत नदीजन्य वस्तुको उत्खनन

म्याग्दी । जिल्लाको बेनी नगरपालिकाको बगर क्षेत्रमा निर्माण व्यवसायीले सम्झौता र मापदण्डविपरीत उपकरण प्रयोग गरेर नदीजन्य वस्तुको उत्खनन गर्न थालेका छन् । वातावरणीय परीक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौताविपरीत हेभी इक्युपमेन्ट (डोजर, एक्साभेटर) प्रयोग गरेर बगरबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्दा कटानको जोखिमका साथै जैविक विविधतामा असर परेको हो । बेनी-जोमसोम सडकको प्रवेश विन्दुमा…