बुटवल । रुपन्देही, बाँके र पाल्पामा गरी पछिल्लो २४ घण्टामा १२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी छ कोरोना सङ्क्रमितको बुटवलमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । उनका अनुसार बुटवल उपमहानगरपालिका–४ का ८४ वर्षीय पुरुष, बुटवल–९ का ६१ वर्षीय पुरुष…