बुटवल । १३५ बेडको कोरोना वार्ड बनाएर कोरोना संक्रमितको उपचार गराईरहेको बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले सरकारले अक्सिजनको ब्यवस्था नमिलाईदिए कोरोनाका थप बिरामीको उपचार गर्न नसक्ने जनाएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दा अक्सिजनको चरम अभाव भएको र भारतबाट अक्सिजन आपुर्ति हुन नसकेका कारण थप संक्रमित भर्ना गर्न नसक्ने अस्पतालले जनाएको छ ।…