काठमाडौं । देशभर आज दिनभर नै मौसममा बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको गुजरात आसपासमा रहेको चक्रवात ताउ-तेका कारण नेपालको मौसम परिवर्तन भएको छ । अहिले प्रदेश १ र प्रदेश २ मा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कर्णाली प्रदेश…