११ बैशाख २०८२, बिहिबार | April 24, 2025

जम्मु-कश्मीर आक्रमण : सुदिपको शव सुनौली नाका हुँदै बुटवल ल्याईयो, आजै अन्त्यष्टी गरिने

बुटवल । छिमेकी मुलुक भारतको जम्मु-कश्मीरमा सर्वसाधारणमाथि मङ्गलबार भएको आतंकवादीको आक्रमणमा परि मृत्यु भएका बुटवलका सुदिप न्यौपानेको शव बुटवल ल्याइएको छ । गत शनिबार आमा रिमा पाण्डे, दिदि सुश्मा र भिनाजु उज्ज्वल काफ्लेसहित कश्मीर घुम्न गएका बुटवलका युवा सुदिप न्यौपानेको उक्त हमलामा ज्यान गएको थियो । आतंकवादीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका…