११ मंसिर २०८१, मंगलबार | November 26, 2024

अन्तरपुस्तामा पुर्ख्यौली संस्कृति : ‘बालबालिकादेखि वृद्धवृद्धासम्म सक्रिय’

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका १० वर्षका सायुज फगामी पुर्ख्यौली नाचमा मादले बनेर नाच्छन् । वडा अध्यक्ष समेत रहेका ओमप्रसाद फगामीबाट मादल बजाएर नाच्न सिकेका सायुज विगत एक वर्षदेखि पुर्ख्यौली नाच समूहमै आबद्ध भएका छन् । गाउँमा हुने हरेक सार्वजनिक तथा सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरिने पुर्ख्यौली नाच र प्रतियोगितामा समेत उनी मादले बनेर…