दाङ । बालविवाह निरुत्साहित गर्न विद्यालयले विद्यार्थी र अभिभावकलाई परामर्श गर्नुपर्ने सरोकारवालो बताएका छन् । ‘लुम्बिनी प्रदेशस्तरीय बालविवाहविरुद्धको अभियान, सरोकारवालाहरुको भूमिका’ विषयक प्रदेशस्तरीय पैरवी कार्यक्रमका सहभागीले उमेर नपुगी गरेको विवाहको भोज खानेलाई कानुनबमोजिम सजाय हुनुपर्ने बताएका हुन् । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले अभिभावकले बालविवाहको दबाब रोक्नुपर्ने बताए । बालविवाहको विषयमा लुम्बिनी प्रदेशको नीति…