तिलोत्तमा । बुटवल उपमहानगरपालिका–८ की रीता अधिकारीको दैनिक गुजारा राम्रो चलिरहेको छ । उनी दिनभरि ई–रिक्सा चलाउँछिन् । त्यसबाट उनी दैनिक करिब रु एक हजार ७०० कमाउँछिन् । यही कमाईबाट उनी दैनिक गुजारा चलाउँछिन् । उमेरले ४० वर्ष पुगेकी रीताका २१ र १५ वर्षका छोरी छन् । उनले दिनभरि ई–रिक्सा चलाएर कमाएको पैसाले दुई छोरीको…