बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निर्माणका कामको ठेक्का प्रक्रिया पहिलो चौमासिकमै शुरु गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। बुधबार महाशाखा, शाखा प्रमुख र वडासचिवहरुसहितको बैठकमा पाण्डेयले भौतिक पूर्वाधार विकासतर्फका कामको टेण्डर पहिलो चौमासिकमा सक्ने र तेश्रो चौमासिक शुरुमै पूरा गर्ने गरी काम अगाडि बढाउन निर्देशन दिए। उनले अन्तिम चौमासिकमा काम गर्ने र स्तरीय काम…