बुटवल । रुपन्देही साईक्लिङ संघको आयोजनामा बुटवल उपमहानगरपालिकाको सहकार्यमा लैङ्गिक हिसा विरुद्ध शनिबार साईक्लिङ मार्फत सचेतना कार्यक्रम गरिएको छ । बुटवल उपमहानगरपालिका कार्यालय परिसरबाट शुरु भएको यात्रा वडा नं १ पारी बुटवल, मजुवा, देविनगर, योगिकुटी, कालिकानगर, राजमार्ग चौराहा, रामनगर हुदै हिलपार्क पुगेर सम्पन्न भएको थियो । कार्यक्रममा बुटवल युनाईटेड साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब,ह्याप्पी साईक्लिङ…