बुटवल । बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोषिला खाद्य सामग्री वितरण गरेको छ । महामारी विरुद्धको अभियानमा महिला, ज्येष्ठ नागरिक र बालबालिकाको सुरक्षामा विशेष चासो राखेको उपमहानगरले सुत्केरीलाई पोषण सामग्री प्रदान गरेको हो । सुत्केरीलाई पोषणयुक्त तत्वको अभाव हुन नदिन र शिशुको समेत स्वास्थ्यमा हेरचाह पु-याउन भन्दै आवश्यक स्वास्थ्य निगरानीसहितको यो कार्यक्रम सञ्चालन…