३ पुस २०८२, बिहिबार | December 18, 2025

बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन

बुटवल । यस क्षेत्रमा रगतको चरम अभाव भइरहेका बेला बुटवल हस्पिटल प्रा.लि.ले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्व मधुमेह दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा अस्पताल परिसरमै १०१ युनिट रगत संकलन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण प्रसाद खनालले जानकारी दिए । वार्षिक कार्ययोजनाअनुसार वर्षमा दुई पटक रक्तदान कार्यक्रम गर्दै आएको बुटवल हस्पिटलले…