अस्ट्रेलियाका व्यापार मन्त्री साइमन बर्मिङघमले चीनसँग अस्ट्रेलियाले व्यापार युद्ध गर्न नचाहेको स्पष्ट गर्नु भएको छ । उहाँले बेइजिङले कोरोनाभाइरसको अनुसन्धानका नाममा अस्ट्रेलियाली जौको आयातमा करवृद्धि गरेकामा आपत्ति जनाउनुभयो । विश्व व्यापार संगठनका नियम समेतलाई बेवास्ता गर्दै चीनले अस्ट्रेलियाली जौमा ८० प्रतिशतभन्दा बढी करवृद्धि गरेको अस्ट्रेलियाको आरोप छ । करवृद्धि गरेसँगै अस्ट्रेलियाली जौको चीन निर्यात लगभग…