इस्लामावाद । पाकिस्तानले अफगानिस्तानका बाढी पीडितका लागि विशेष उडानमार्फत राहत सामग्री पठाएको छ । पाकिस्तानले पूर्वी अफगानिस्तानका बाढी पीडितका लागि विशेष उडानमार्फत मानवीय सहायता र राहत सामग्री पठाएको हो । शुक्रबार इस्लामावादको नुर खान एयरबेसमा अफगानिस्तानका लागि राहत सामाग्री पुर्याउने कार्यक्रमलाई सम्बोधन गर्दै विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले राहत सामाग्रीमा पाल, कम्बल, लत्ताकपडा, खाना पकाउने तेल…