१२ मंसिर २०८१, बुधबार | November 28, 2024

जी–२० शिखर सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति बिहीबार भारत पुग्दै

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार भारत आइपुग्दैछन् । जी–२० शिखर सम्मेलनमा सहभागी हुनका लागि अमेरिकन राष्ट्रपति वाइडेन भोलि बिहीबार भारत आउन लागेका हुन । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले भारत भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन…