२७ चैत्र २०८१, बुधबार | April 9, 2025

‘राजनीतिक स्थायित्वका लागि शासकीय स्वरुप फेर्नुपर्छ’

काठमाडौँ । राजनीतिक दलका नेता एवं विज्ञहरूले राजनीतिक तथा नीतिगत स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली अवलम्बन गरिनुपर्नेमा जोड दिएका छन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) केन्द्रीय विज्ञ परिषद्ले आज यहाँ आयोजना गरेको ‘राजनीतिक स्थायित्व र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका औँचित्य’ विषयक अन्तरक्रियामा सहभागीले मुलुकको समृद्धिका लागि शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने धारणा राखे…