काठमाडौं । चौतर्फी विरोध सुरुभएपछि हिमालय एयरलाइन्सलाई त्रिभुवन अतराष्ट्रिय विमानस्थलनमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्न दिने निर्णयबाट सरकार पछि हटेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले हिमालय एयरलाइन्सलाई दिएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधाको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन्। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमै बोलाएर मन्त्री भट्टराईले निर्याण कार्यान्वयन नगर्न…