९ मंसिर २०८१, आइतबार | November 24, 2024

प्रधानमन्त्री ओली हिजो रातीदेखि अस्पताल भर्ना, आजै डिस्चार्ज हुने

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुनुभएको छ । प्रधानमन्त्री ओलीको मुटुको धड्कन बढ्ने समस्या देखिएकोले हिजो राति मनमोहन काडियोलोजी सेन्टर महाराजगञ्जमा भर्ना हुनुभएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकारले ट्वीट गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेको जानकारी दिनुभएको थियो । आज नै डिस्चार्ज गर्ने तयारीमा रहेको प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले बताउनुभयो…