काठमाडौं । संविधान संशोधनबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । शनिबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने काँग्रेसका मुख्य सचिव कृष्णप्रसदा पौडेलले जानकारी दिनुभएको छ । सरकारले संसदमा दर्ता गराएको नेपालको निशाना छाप परिवर्तनसम्बन्धी संविधान संशोधन प्रस्तावबारे काँग्रेस पदाधिकारी बैठकले केन्द्रीय कार्यसमितिबाट निर्णय गर्ने गरेको थियो…