जुम्ला । विश्व प्रसिद्ध आँखा विशेषज्ञ डा सन्दुक रुइतले सेवा सधैँ जनमुखी हुनुपर्ने बताएका छन् । आज जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेत्र रोग विभागको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । डा रुइतले प्रतिष्ठानमा आँखा विभाग स्थापना हुनु कर्णालीवासीका लागि खुसीको विषय भएको भन्दै यसले मोतियाविन्दुको शल्यक्रियाका लागि वर्षौंसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास…