७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

बुटवलमा फेरि अर्को सहकारीको लुट धन्दा, शाइन बहुउद्देश्यीय सहकारीका अध्यक्ष लाखौं रकम कुम्ल्याएर बेपत्ता

बुटवल । बुटवल लगायत नेपालका बिभिन्न शहरहरुबाट बचत सहकारी, लघुबित्त र बहुउद्देश्यीय सहकारीहरुको ठगी अभियान निरन्तर चलिरहेको छ । त्यसको पछिल्लो कडिकारुपमा बुटवलमा रहेको शाइन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक बचतकर्ता तथा लगानीकर्ताको लाखौ रकम कुम्ल्याएर बेपत्ता भएका छन् । सहकारीका अध्यक्ष समेत रहेका प्रकाश खनालले बचतकर्ता, शेयरधनी र कर्मचारी समेतको रकम कुम्ल्याएर बेपत्ता बनेका…