बुटवल । क्रियटिभ डान्स एकेडेमीको आयोजनामा मन्टेश्वरी किड्स प्रिन्स एण्ड प्रिन्सेस ग्लोबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न छनोट चरण पार गर्दै उत्कृष्ट २० जना प्रतिस्पर्धी बीच विहिबार ग्राण्ड फिनाले सम्पन्न भएको हो । बालबालिकाहरुको प्रतिभा प्रस्फुटनका लागि आयोजना गरिएको प्रतियोगितामा डान्सतर्फ सान्वी पोख्रेल विजेता भएकी छन् भने निस्मा कंडेल द्वितीय, सारांश पौडेल तृतीय…