१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

सामुदायिक विद्यालयतर्फ कान्ति माविलाई दोस्रो नगरस्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता २०८१ को उपाधि

बुटवल । बुटवल उपमहानगरको आयोजनामा आइतबारदेखि दोस्रो नगरस्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगितामा सामुदायिक विद्यालयतर्फ कान्ति मावि "ख" समुहले उपाधि हात पारेको छ । झुमडा नाचमा लोक नृत्य प्रस्तुत गरेको उक्त विद्यालयले प्रतिस्पर्धामा रहेका अन्य २७ समुहलाई पछि पार्दै विजेता बन्न सफल भएको हो । उपाधिसँगै उक्त समुहले नगद ७५ हजार पुरस्कार राशी प्राप्त गरेको छ ।…