काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा मध्यराति १ बजेसम्म मर्यादित भएर देउसीभैलो खेल्न सकिने गरी व्यवस्था गरेको छ । काठमाडौं महानगरपालिकाभित्र मध्यराति १ बजेसम्म मर्यादित भएर देउसीभैलो खेल्न सकिने गरी सुरक्षा व्यवस्था गरेको महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । महानगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका निम्ति ‘पेट्रोलिङ’को व्यवस्था मिलाएको…