काठमाडौं । भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले नेपालसम्बन्धमा दिएको आपत्तिजनक अभिव्यक्तिका सम्बन्धमा नेपालले भारत सरकारको ध्यानाकर्षण गराएको छ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान डेस्कका सहसचिव अरन्दिम बाग्छीलाई फोन गरेर त्रिपुराका मुख्यमन्त्री देवले गरेको आपत्तिजनक अभिव्यक्तिबारे नेपालको असन्तुष्टि जनाउँदै ध्यानाकर्षण गराएका हुन् । राजदूत आचार्यले देवको अभिव्यक्तिका…