काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग युरोपेली सङ्घको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी आज शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–युरोपेली सङ्घबीचको सहकार्य र साझेदारी, व्यापार, नागरिक उड्डयन सुरक्षा, जलवायु परिवर्तनलगायत आपसी हितका क्षेत्रीय र बहुपक्षीय मामिलाका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ…