काठमाडौं । नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामाग्री पठाएको छ । केही महिनायता ठूलो मानवीय विपत्ति भोग्दै आएको अफगानिस्तानलाई नेपालले मानवीय सहयोग गरेको हो । परराष्ट्र मन्त्रालयको समन्वयमा ती सहायता सामाग्री आइतबार बिहान अफगानिस्तान पठाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर परराष्ट्रमन्त्री डा नारायण खड्काले संयुक्त राष्ट्रसङ्घले उपलब्ध गराएको सूचीअनुसार औषधि, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री नेपालले…