काठमाडौं । सरकारले मित्रराष्ट्रसँगको सम्बन्धमा सुधार भएको दाबी गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले छिमकी देश एवं मित्रराष्ट्रहरुसँगको सम्बन्ध थप विस्तार हुँदै गएको बताएकी छिन् । नीति तथा कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण, प्रधानमन्त्री देउवाको ग्लास्कोमा…