३ माघ २०८१, बिहिबार | January 16, 2025

भारतीय सेनाको ‘अग्निपथ’ योजना नेपालमा अल्पकालका लागि स्थगित, स्थायीरुपमा बन्द गर्नुपर्ने माग

बुटवल । नेपालले अनिक्षा व्यक्त गर्दा गर्दै पनि भारतले भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती गर्ने कार्य नरोक्ने संकेत गरेपछि सो योजनामा तत्काल भर्ती नगर्न नेपाल सरकारले भारतलाई पुनः आग्रह गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर नेपाली युवा भर्ती गर्ने योजना स्थगित गर्न आग्रह गरेका…