रसुवा । नेपालको उत्तरी रसुवागढी नाका क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधि रोक्न तथा गल्ती गर्ने उपर कानुनी कारबाही अगाडि बढाउने विषयमा नेपाल र चीनको सीमा क्षेत्रका अधिकारीबीच सहमति भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी तथा मित्र राष्ट्र चीनको केरूङ प्रान्तका प्रशासकसहित आइतबार भएको सीमा सुरक्षासम्बन्धी बैठकमा केरूङ नाकामा कुनै पनि गैरकानुनी क्रियाकलाप हुन नदिन,…