१० मंसिर २०८१, सोमबार | November 25, 2024

महाकालीमा एकतर्फी तटबन्ध बनाएको बारे नेपालले पठायो भारतलाई कुटनीतिक नोट

काठमाडौं । महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारलाई नेपालको असन्तुष्टि जनाउँदै मंगलबार दिउँसो कूटनीतिक नोट पठाएको हो । भारतलाई पठाइएको कुटनीतिक नोटमा नेपालको सहमतिविना महाकाली नदीमा एकतर्फी संरचना बनाइएको भन्दै यसबाट नेपालतर्फ क्षति पुगेको उल्लेख गरिएको परराष्ट्र…