१२ मंसिर २०८१, बुधबार | November 27, 2024

दुई देशका अधिकारीबीच सीमा सुरक्षाबारे छलफल

नेपालगन्ज । बाँके र बर्दियासँँग सिमाना जोडिएको भारतीय जिल्ला बहराइचका डिस्ट्रिक मजिस्ट्रेट मोनिका रानी (डिएम)को निमन्त्रणामा बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुखहरूको एकदिने समकक्षी बैठक भारतको बहराइचस्थित नान्पारामा सम्पन्न भएको छ । बहराइचका डिस्ट्रिक मजिस्ट्रेट रानीको नेतृत्वको भारतीय सुरक्षा अधिकारीसँगको संयुक्त सीमा बैठकमा नेपालको तर्फबाट बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलसहित सुरक्षा अधिकारीले भाग लिएका…