काठमाडौैं । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १६९२ मतसहित अग्रता कायम गरेका छन् । उनले पछिल्लो मतगणनाअनुसार ६,६२५ मत ल्याएका छन् । एमाले उम्मेदवार पद्मा अर्यालले ४,९३३ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार ८७५ मत प्राप्त गरेका छन् । ४ मंसिरमा सम्पन्न आमनिर्वाचनका क्रममा धाँधली भएको भन्दै दलबहरूबीच आरोपप्रत्यारोप भएपछि मतगणना…