बुटवल । निर्वाचन कार्यालयले खारेज गरिदिएपछि रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवार बिहिन भएको सत्ता गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवारलाई साझा उम्मेदवार बनाउने भएको छ । गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता राजु गुरुङको उम्मेदवारी खारेज भएपछि खालि भएको रुपन्देही २ मा गठबन्धनले जनमुक्ति पार्टीका केशव बहादुर थापालाई साझा उम्मेदवार बनाउने भएको हो । आज अपरान्ह…