१७ कार्तिक २०८१, शनिबार | November 2, 2024

उम्मेदवारबाट धम्की आएपछि आचारसंहिता अनुगमन अधिकारीका लागि आयोगले माग्यो प्रहरी सुरक्षा

काठमाडौं । निर्वाचन आचारसंहिता अनुगमनको जिम्मा पाएका एकजना अधिकारीलाई सत्ता गठबन्धनका उम्मेदवारले धम्की दिएपछि निर्वाचन आयोगले प्रहरी सुरक्षा माग गरेको छ । पर्साको निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजालले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएपछि कार्कीलाई आवश्यक सुरक्षा प्रबन्ध गर्न जिल्ला…