इन्दिप कोइराला बारा । प्रतिनिधिसभा सदस्य पदका लागि बारा १ मा कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी र एमाले पोलिटब्युरो सदस्य अच्युतप्रसाद मैनालीबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । चारवटा निर्वाचन क्षेत्र रहेको बारामा ४ प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य पदमा चुनाव हुँदैछ । बहालवाला खानेपानी मन्त्रीसमेत रहेका चौधरी वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्…