काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुनेमा भएको घटनामा संलग्न जो सुकै भएपनि कारवाही गर्ने प्रष्ट पारेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले घटनाका संलग्नहरुलाई कडा प्रशासनिक कारवाही हुने बताएका हुन् । उनले कार्यक्रममा कथित जनकमाण्डरले प्रहरीमाथि गाडि चलाएको बताए । ओलीले आपराधिक घटनामा संलग्न पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताए…