बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) को प्रशासनिक भवनलाई नेपाली कांग्रेसका स्वर्गीय नेता सूर्यप्रसाद प्रधानको नाममा नामाकरण गर्ने निर्णयप्रति नेकपा एमाले बुटवल उपमहानगर कमिटीले आपत्ति जनाएको छ । साउन १६ गते बसेको अस्पताल व्यवस्थापन समितिको वैठकमा बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयको प्रस्तावमा अस्पतालको प्रशासनिक भवनको नाम कांग्रेस नेता सुर्यप्रसाद प्रधानको नाममा नामाकरण…