काठमाडौं। पार्टी सभापति शेरबहादुर देउवाको नामबाट सार्वजनिक भएको प्रेस विज्ञप्ति नक्कली भएको नेपाली कांग्रेसले जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा राखेर भ्रम छरिएको भन्दै कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टीको सभापति देउवाको नामबाट जारी भएको…