काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने वहानामा सरकार सांसदहरुको स्वास्थ्य सुरक्षाप्रति संवेदनशील हुन नसकेको आरोप लगाउनुभएको छ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि घरभित्रै बस्नुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने लगायत सावधान अपनाउनुपर्नेमा सांसदहरुलाई ३ घण्टासम्म बन्द कोठामा थुनेर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको प्रति उहाँले आपत्ती जनाउनुभयो ।…