काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को बैठकमा कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरण गर्ने गरी सङ्घीय संसद्का बैठकहरु सञ्चालन गर्ने विषयमा छलफल गर्नुभएको छ । संघीय संसदको बजेट अधिवेशन बैशाख २६ गतेबाट बस्दैछ । सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटाले स्वास्थ्य टोली, संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगी र सचिवहरुसँग संसद् बैठक व्यवस्थापनलाई सुरक्षित बनाउने विषयमा…