काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नाटकीय ढंगले विकासित भएको चरम अन्तसंघर्षलाई साम्य पार्न प्रयास सुरु भएको छ । शुक्रबार बिहान नेकपाका ओली र प्रचण्ड–नेपाल समूह निकट रहेका युवा नेताहरुले पार्टीलाई एक ढिक्का बनाउने प्रयासस्वरुप कृषिमन्त्री घनश्याम भूषाल निवासमा छलफल गरेका थिए । अहिले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा…