काठमाडौं । उपत्यका लगायत देशभरी नै कोरोनाको जोखिम बढेसँगै संघीय संसदका समितिहरुको बैठक प्रभावित भएको छ । कोरोनाका कारण संघीय संसदका समितिहरुको बैठक प्रभावित हुँदा महत्वपूर्ण विधेयकहरु समितिमै अड्किएका छन् । निरन्तर रुपमा बैठक सञ्चालन हुन नसक्दा राज्य संचालनका लागि आवश्यक नीति नियम निर्माणका काम प्रभावित भएका छन् । महामारीको समयमा राहत वितरण तथा उद्धारका…