पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा माओवादीको चुनाव चिन्हबाट प्रदेशसभामा विजयी भएका फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि पाण्डेले विश्वासको मत पाएका हुन् । पाण्डेलाई देवकोटाबाहेक कांग्रेसका २७, राप्रपाको २ र स्वतन्त्र सांसद दिपक मनाङेले मत दिएका छन् । ६० सदस्यीय प्रदेशसभामा विश्वासको मत हासिल गर्न ३१…