काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आगामी ११औँ महाधिवेशनमा महासचिव पदका लागि आफ्नो दाबी औपचारिक रूपमा सार्वजनिक गरेका छन्। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले आफू महासचिवका लागि दाबेदार रहेको स्पष्ट पार्दै भने, “महासचिव नै दाबी गरिरहेको छु। दाबी त गर्न पाइन्छ नि।” उनले पार्टी नेतृत्वबारे बोल्दै वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनबाट पुनः…