काठमाडौं । भारतको चेन्नाईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा सनराइजर्स हैदराबादविरुद्ध आठ विकेटको सहज जित निकाल्दै कोलकाता नाइट राइडर्सले उपाधि जितेको छ । आइतबार चेन्नाईमा जारी खेलमा हैदराबादले प्रस्तुत गरेको ११४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्दै उपाधि हात पारेको हो । आईपीएलको इतिहासमा कोलकाताको यो तेस्रो उपाधि हो…