काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा ओमानले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दिएको छ । अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १२१ रन बनायो । ओमानका लागि कप्तान जिसन मक्सुदले सर्वाधिक ४१ रन बनाए । यस्तै, जतिन्दर सिंहले…