काठमाडौं । मौरिससबिरुद्ध पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलिरहेको नेपाली फुटबल टिमका स्ट्राइकल बिमल घर्तीमगरले दोस्रो हाफको नवौँ मिनेटमा नेपालका लागि पहिलो शानदार गोल गरेका छन् । पहिलो हाफ गोलरहित बराबरीमा खेलेको नेपालका लागि बिमलले नवौँ मिनेटमा गरेको प्रहार मौरिससका गोलकिपर केभिनलाई छक्याउँदै गोलमा परिणत भएको हो । शनिबारको खेलमा मौरिससले अहिलेसम्म कुनै गोल गर्न सकेको छैन…