काठमाडौं । साफ यू-२० च्याम्पियनसिप फुटबलको समूह चरणको तेस्रो खेलमा नेपालले भारतसँग लज्जास्पद हार व्यहोरेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार साँझ सम्पन्न खेलमा आयोजक भारतले नेपाललाई ८-० गोल अन्तरले पराजित गरेको हो । भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोइले दुई गोल गरे । यता, टाइसन सिंह, हिमान्सु जान्ग्रा, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले…